+
Search

ताजा अपडेट +

पपुलर +

एमसीसी र प्रधानन्यायाधीशविरुद्धको महाअभियोग सहमतिका आधारमा हुन्छ : प्रचण्ड

4KNationalDaily
२०७८ मंसिर १८, शनिबार १८:२३ बजे

चितवन- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने विषय गठबन्धन र राजनीतिक दलहरुबीच सहमतिका आधारमा मात्र हुने बताएका छन् ।

महाअभियोग र एमसीसी प्रकरणले सत्ता गठबन्धन भत्किने आशंका भइरहेको भन्दै उनले गठबन्धनको भविष्यबारे ढुक्क हुन आह्वान समेत गरेका छन् । माओवादी निकट पत्रकारहरुको राष्ट्रिय सम्मेलनलाई सम्मेलन गर्दै अध्यक्ष प्रचण्डले एमसीसीमा जवरजस्ती नहुने बताए ।

प्रचण्डले भने– ‘एमसीसीबारे जे हुन्छ राष्ट्रिय सहमतिमा हुन्छ । एमसीसीको बैठक र संसद बैठक एकैदिन पर्नु संयोगमात्र हो । प्रधान न्यायाधीशविरुद्ध महाअभियोगको कुरा पनि आएको छ । त्यो पनि दलहरुबीच सहमतिका आधारमा महाअभियोग लगाउने वा नलगाउने निर्णय हुन्छ । गठबन्धन भत्किदैन ।’

प्रचण्डले एमाले महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिदै त्यो सम्पूर्ण रुपमा असफल भएको दावी गरे । चितवनबाट एमाले मण्डलेहरुको मोर्चामा पतन भएको आरोप लगाएका छन् ।

उनले भने– ‘अस्तिको कुम्भमेला प्रतिगमनलाई बलियो बनाउन भएको थियो तर त्यो असफल भएको छ । त्यो पार्टी मण्डलेहरुको मोर्चामा पतन भएको छ । पञ्चर्‍याली जस्तो पैसाको बलमा धाक धम्की दिएर गरिएको कुम्भ मेलाको कुनै अर्थ छैन । यसैगरि लाखौंलाख मान्छे उतारेको पन्चायत एक वर्षमै ढलेको हामीले बिर्सन हुँदैन ।’

प्रचण्डले चितवन अहिले राजनीतिको कुरुक्षेत्रमा परिणत भएको भन्दै यसको कारण आफू चितवनको प्रतिनिधि हुनु रहेको बताए । उनले अहिले प्रचण्ड मन पराउने र नपराउने दुवै पक्षलाई चितवनले आकर्षित गरेको बताए ।

‘चितवन अहिले प्रचण्डलाई मन पराउने र नपराउने दुवैको आकर्षण बनेको छ । यसले एउटा विचार,लाइन र प्रवृतिलाई इंगित गरेको छ । किनकी चितवनमा प्रचण्ड छ,’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily