काठमाडौं- नेकपा (माओवादी केन्द्र)का बरिष्ट नेता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमति विना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास नहुने बताएका छन् । साेमबार माओवादी केन्द्र गाेरखा-काठमाडाैं समन्वय समितिकाे प्रथम सम्मेलनमा बाेल्दै श्रेष्ठले एमसीसीमा राष्ट्रिय सहमति विना पास गर्न नसक्ने बताएका हुन् ।
हाम्राे हित हुनेगरि याे याे धारा सञ्चाइदिनु भन्दा किन नमान्य ? भन्दै उनले एमसीसीकाे बिषयमा झन शंका पैदा भएकाे बताए । ‘नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवं राष्ट्रिय हित विपरितका प्रावधानहरू नसच्याई यथास्थितिमा एमसीसी परियोजना नेपालले संसदबाट पारित गर्न सकिन्न,’ उनले भने ‘तर हामी त लिन्छाैं, हाम्राे हित हुनेगरि, याे याे धारा सच्चाईदिनु भन्दा किन नमान्य ? यसले झन शंका पैदा गरेकाे छ।’
उनले यसअघि नै माओवादी केन्द्रले संशोधनबिना एमसीसी पारित हुन नसक्ने निर्णय गरिसकेको स्पष्ट पार्दै सोही अनुसार पार्टी अघि बढ्ने बताए। उनले एमसीसीको विषयमा अनावश्यक भ्रममा नपर्न र पार्टीलाई जोडेर भ्रमपूर्ण प्रचार नगर्न पनि आग्रह गरे। समाजवादी पार्टी बनाउन व्यक्तिबाद र गुटबादकाे अन्त्य गर्नुपर्ने उनकाे तर्क थियाे । ‘कान्तिकारी पार्टी बनाउन विधि पद्दति, आम अराजकता, राजनीतिमा अपराधिकरण र भष्ट्रिकरण स्वीकार्य नहुने र समाजिक न्यायसहितकाे लक्ष्य हासिल गर्न सकिएन् । त्यसैले हामी बदल्नुकाे विकल्प छैन ।’
नेकपा र त्यसपछिकाे माओवादी केन्द्रकाे नेतृत्वमा फुट पैदा गर्न विभिन्न विदेशी शक्ति लागिपिरहेकाे उनकाे तर्क थियाे । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिगमनकाे मतियार बनेकाे भन्दै प्रतिगामी ओली सरकार हटाउन सफल भएकाे बताए । ‘नेपालका कम्युनिष्टहरू कसरी सिद्याउने भनेर विभिन्न शक्तिहरू लागिपरिरहेका छन्,’ उनले भने ‘ हिजाेकाे नेकपाकाल देखि आजको माओवादी केन्द्रसम्म हेर्दा त्यस्तो चित्र देखिएको छ । माओवादीकाे नेतृत्वमा केपीकाे प्रतिगामी सरकारलाई बिस्थापित गरे अहिलेकाे गठबन्धन सरकार निर्माण भएकाे छ ।’
उनले पाँच दलीय गठबन्धन अगामी निर्वाचनसम्म जाने या नजाने निर्णय नभएकाे तर्क गरे । ‘अगामी निर्वाचनसम्म नै याे पाँच दलीय गठबन्धन जान्छ या जान्न । अहिले नै केहि भन्न सकिन्न ।’ साेमबार सुरू भएकाे प्रथम जिल्ला सम्मेलन ५० सदस्यीय सदस्य चयन गर्दै सकिएकाे छ ।
समितिमा एक अध्यक्ष, तिन उपाध्यक्ष, एक सचिव, एक सह-सचिव र एक काेषाध्यक्ष रहने प्रावधान रहेकाे छ । संगठनमा उचितलाई नेतृत्व दिने र काम गर्नेहरूको व्यवस्थित मूल्यांकनको वैज्ञानिक प्रक्रिया आत्मसाथ नगर्दा संगठनमा सकस हुने गरेकाे भन्दै प्रतिनिधिले विराेध जनाएका थिए । विराेधका वीच सम्पन्न भएकाे सम्मेलनकाे नेतृत्वले प्रस्ताव गरेका नेतृत्व निर्विवादित बन्न नसक्दा अगामी बैठकले टुङ्गाे लाग्ने गरि सम्मेलन सकिएकाे हाे ।
@palikalivenp माओवादी केन्द्रकाे नेतृत्वमा फुट पैदा गर्न विभिन्न विदेशी शक्ति लागिपरिरेका छ: नारायणकाजी श्रेष्ठ #Nepal #Gorkhasandesh #NRN #narayankajishrestha
@palikalivenp माओवादी केन्द्रका नेतृत्वमा फाटो पैदा गर्न विभिन्न शक्ति लागिपरेका छन् : नारायणकाजी श्रेष्ठ #MMC #Nepal #Gorkhasandesh #NRN #narayankajishrestha
@palikalivenp यथास्थितिमा एमसीसी पास गर्न सकिन्न : नारायणकाजी श्रेष्ठ #MMC #Nepal #Gorkhasandesh #NRN #narayankajishrestha
प्रतिक्रिया