+
Search

ताजा अपडेट +

पपुलर +

भारतीय सेनाका सीडीएस जनरल विपिन रावतको निधन भएको पुष्टि

4KNationalDaily
२०७८ मंसिर २२, बुधबार १९:३८ बजे

काठमाडाैं– भारतीय सेना प्रमुख (चिफ अफ डिफेन्स स्टाफ– सीडीएस) जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ। भारतीय वायु सेनाले रावतसहित १३ जनाको मृत्यु भएको जानकारी दिएको छ। भारतीय वायु सेनाले जनरल रावत तथा उनकी पत्नी मधुलिका रावत र अन्य ११ जनाको दुर्घटनामा मृत्यु भएको जानकारी दिएको छ।

जनरल रावत, उनकी पत्नी, अरु उच्च सैनिक अधिकारी र रावतको सचिवालयका कर्मचारीहरु सवार हेलिकोप्टर बुधबार दिउँसो तामिलनाडु राज्यको कुन्नुरनजिक घना जंगलको बीचमा दुर्घनामा परेको थियो। विशिष्ट व्यक्तिहरुको ‘सवारी’मा प्रयोग हुने भारतीय वायु सेनाको एमआई–१७ बी५ हेलिकोप्टर दुर्घटनामा परेको हो।

को–को थिए हेलिकोप्टरमा?

हेलिकोप्टरमा सेना प्रमुख विपिन रावत, उनकी पत्नी मधुलिका रावत, ब्रिगेडियर (सहायक रथी) एलएस लिड्डर, लेफ्टिनेन्ट कर्नेल (प्रमुख सेनानी) हार्जिन्दर सिंह तथा पीएसओहरू एनके गुर्सेवक सिंह, एनके जितेन्द्र कुमार, एल/एनके विवेक कुमार, एल/एनके बी साइ तेजा र हाव सत्पाल सवार थिए।

रावत जनवरी १, २०२० मा भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त भएका थिए। उनी ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्वर २०१९ सम्म भारतीय स्थल सेनाध्यक्ष थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily