काठमाडौँ- नेपाली कांग्रेस सभापतिमा पराजित भएका नेता प्रकाशमान सिंहले आफ्ना मतदाताहरुसँग गोप्य भेला गर्दै शक्ति बाँडफाँटसहित प्रधानमन्त्री पदसम्म दिने वचन पाएपछि आफूले देउवालाई समर्थन गरेकाे बताएका छन् ।
आफ्ना मतदाताहरुसँगको भेटमा सिंहले देउवाबाट पार्टी र राष्ट्रिय राजनीतिमा पर्याप्त अवसर पाउने प्रतिबद्धता पाएपछि आफूले उनलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिँदै भने- ‘ढुक्क भएर मतदान गर्नुहोला, सबै विषयमा कुरा भएको छ।’
उनले देउवासँग शक्ति बाँडफाँटको कुरा भएको र राष्ट्रिय निर्वाचनपछि कांग्रेसको सरकार बन्दा आफूलाई देउवाले प्रधानमन्त्रीमा प्रस्ताव गर्नेसम्मको आश्वासन पाएको जानकारी आफ्ना मतदाताहरुलाई दिएका थिए।
पहिलो चरणमा सोमबार भएको मतदानमा पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीचको प्रतिष्पर्धामा सिंहले देउवालाई सघाउने निर्णय गरेका थिए।
कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान राष्ट्रिय सभागृहमा मंगलबार दिउँसो ४ बजेदेखि सुरु भएको छ। देउवाले ५० प्रतिशतभन्दा ८२ मत मात्र कम ल्याएका थिए। देउवा र शेखर काेइरालवीच निर्वाचन भइरहेकाे छ ।
याे पनि,
४५६३ मत गणना : पहिलो चरणमै जित निकाल्न देउवा बाहेक सबैको सम्भावना सकियो
सकिनै लाग्यो गणना: गन्न बाँकी चार सय, देउवा र कोइरालाको मतान्तर ४३३
अब ९०० मत गन्न बाँकी, जितका लागि देउवालाई ५४२ मत आवश्यक
शेरबहादुर देउवाले भने- म हारेँ भने प्रधानमन्त्रीबाट हटाउँछन्, केपी ओली सत्तामा फर्किने खतरा छ
देउवाले सकेनन् बहुमत पुर्याउन, दोस्रो चरणमा देउवा र कोइराला भिड्ने निश्चित
पहिलो चरणमा देउवाले जित्ने नदेखेपछि गृहमन्त्री खाँण पुगे प्रकाशमानको घर चाक्सीबारीमा !
कांग्रेस सभापतिमा आजै दोस्रो चुनाव, यस्तो हुन सक्छ हारजितको अंकगणित
प्रतिक्रिया