+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डसँग सहमति गरेर ज्ञानेन्द्रले सत्ता हातमा लिएका थिए : ओली

4KNationalDaily
२०७८ मंसिर २९, बुधबार १५:१९ बजे

काठमाडौं-नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र तत्कालीन विद्रोही नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पाँच बुँदे सहमति गरेको दाबी गरेका छन् ।

केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले १८ मंसिर २०६० मा ज्ञानेन्द्र र प्रचण्डबीच पाँच बुँदे सहमति भएको दाबी गरे ।

तर, सहमतिपत्रमा के के उल्लेख भएको थियो भन्ने खुलिनसकेको भन्दै उनले भने, ‘त्यो पाँच बुँदेमा के थियो ? कि ज्ञानेन्द्रले भन्नुपर्‍यो, कि प्रचण्डले ।’

प्रचण्डको सहमतिमा ज्ञानेन्द्रले देशमा निरंकुशता ल्याएको भन्दै ओलीले भने, ‘असोज १८ र माघ १९ मा ज्ञानेन्द्रले ‘कु’ गरे ।’

पाँच बुँदे सहमतिपछि ज्ञानेन्द्रले देशभर नागरिक अभिनन्दनको कार्यक्रम गर्दै देश दौडाहामा निस्किएको ओलीको आरोप छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily