+
Search

ताजा अपडेट +

पपुलर +

संसद अवरुद्ध एमालेको अन्ध पार्टीगत स्वार्थमा निहित छः नारायणकाजी श्रेष्ठ

4KNationalDaily
२०७८ मंसिर २९, बुधबार १५:४८ बजे

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेले लगातार संसद अवरुद्ध गर्नु अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठा भएको बताएका छन्। बुधवार सामाजिक सञ्जालमार्फत श्रेष्ठले लोकतान्त्रिक मान्यतालाई आत्मासाथ गर्दै संसद सुचारु गर्न एमालेलाई अपिल समेत गरे।

उनले संसद अवरुद्ध गरिरहेर एमालेले लोकतन्त्रलाई लज्जास्पद रूपमा प्रहार गरेको आरोप लगाएका छन्। ‘नेकपा (एमाले)ले संघीय संसदको बैठक लगातार अवरुद्ध गरिरहेर लोकतन्त्रलाई लज्जास्पद रूपमा प्रहार गरिरहेको छ। अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठा हो यो। लोकतान्त्रिक मान्यतालाई आत्मसात् गर्दै संसद सुचारु गर्न एमालेलाई गम्भीर अपिल गर्दछु,’ उनले भनेका छन्।

मंगलबारबाट सुरु भएको प्रतिनिधिसभाको दशौं र राष्ट्रिय सभाको एघारौं अधिवेशनको पहिलो बैठक पनि एमाले अवरुद्ध गरेको छ। अघिल्लो अधिवेशनभरि पनि एमालेले संसद्मा विरोध र नाराबाजी जारी राखेको थियो।

जसका कारण कैयौं महत्त्वपूर्ण विधेयक अगाडि बढ्न सकेका थिएनन्। मंगलबार बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरू ‘बेल’ घेर्न पुगेका थिए। एकीकृत समाजवादीका १४ सांसदलाई कारबाहीको माग गर्दै एमाले सांसदहरूले संसद् बैठक बन्धक बनाएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily