+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्री मनाङेसंग बाणिज्य संघकाे त्याे ‘चाैतारी भेट’, अनि स्थगित भयाे चेम्बरको मेला !

4KNationalDaily
२०७८ पुष २, शुक्रबार १८:४८ बजे

गाेरखा– पुस ५ देखि १५ सम्म चेम्बर अफ कमर्स, गाेरखाले हरमटारी खेलमैदानमा कृषि तथा ब्यापार प्रर्वद्धन मेला गर्ने निर्णय ग¥याे । मेलाकाे उद्देश्य थियाे- गाेरखाका साना तथा मझाैला व्यबसाहिकाे हक हितमा टेवा पु¥याउने । तर चेम्बरकाे सपना गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री दीपक मनाङेकाे निजि सचिवलायद्वारा जारी पत्रले चक्नाचुर बनाइदियो ।

मन्त्री मनाङे बिहिबार गाेरखा आए । पालुङटार नगरपालिका-५, ठाटीपोखरीमा भएकाे एक कार्यक्रम उद्घाटन गर्न गाेरखा आएका मन्त्री मनाङेसंग उघाेग बाणिज्य संघ, गाेरखाका कार्यलय सचिव तथा एन्फा गाेरखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठसहितकाे टाेली भेट भयाे । भेटमा जसरी पनि मेला राेक्न आग्रह गरेपछि मन्त्री मनाङेकाे निजि सचिवलायले जिल्ला खेलकुद समितिलाई कडा शब्दमा मेला राेक्न निर्देशन दियाे ।

स्राेतका अनुसार संघकाे टाेलीले (बिहिबार) विहान मन्त्रीलाई मेला राेक्न आग्रह गरेपछि ड्राफ गाेरखामा नै बनाएर मन्त्री पालुङटार नपुग्दै पत्र सार्वजनिक भएकाे दावी छ । यसका लागि नेपाली कांग्रेसकाे नेतृत्व रहेकाे संघले चेम्बरलाई मेला गर्न नदिन सफल भएका छन् । तर चेम्बरका अध्यक्ष भाईचन्द्र श्रेष्ठ भने त्यहि मैदानमा जसरी पनि मेला गर्ने तयारी भएकाे दावी गर्छन् ।

मन्त्री मनाङेका सचिवलायका राजेन्द्र प्रसाद आचार्य भने नवाै खेलुकदकाे काम तत्काल सुचारू गर्नुपर्ने भएकाले निकट भविष्यमा पनि खेलकुदजन्य बाहेकमा मैदान प्रयाेग गर्न नदिने उद्देश्यले पत्र पठाइएकाे बताउछन् । भन्छन्- नवाै राष्ट्रिय खेलकुद पनि नजिकिएकाे छ । त्यसलाई मध्यनजर गर्दै मन्त्रालय मातहातका खेल मैदानमा कुनैपनि किसिमका मेला तथा महाेसत्व नगर्न आग्रह गरिएकाे हाे ।’

कार्यक्रम अन्तिम चरणमा पुगेकाे भन्दै प्रचार प्रसार व्यापक बनाएकाे चेम्बरले मेलाका लागि आवश्यक सबै भाैतिक संरचना समेत निर्माण गरिसक्याे। चेम्बरका अनुसार अब वाल उद्यान मात्रै बनाउन बाँकि छ । तर जिल्ला प्रशासन कार्यालय गाेरखामा शुक्रबार बसेकाे सर्वदलीय बैठकले आर्काे निर्णय नभएसम्मका लागि मेला स्थगित गर्ने निर्णय ग¥याे ।

यसअघि राष्ट्रिय खेलकुद परिषदले पनि खेलकुद मैदानमा मेला गर्न नदिन समितिलाई पत्र लेखेको थिए । मन्त्री मनाङे र परिषदको पत्रमा मेला हुन नदिनका लागि सहयोग गर्न गोरखा नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई पनि आग्रह गरिएको थियो । बैठकले तत्काल मेला स्थगित गर्ने र सञ्चालनका लागि समितिले तालुक निकाय र सरोकारवाला अन्य पक्षसँग छलफल गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले कुनै पनि मेला आयोजना गर्दा आयोजकले स्थानीय तहसँग अनिवार्य स्विकृति लिनुपर्ने पनि निर्णय गरेको छ । प्रशासन कार्यालयमा सर्वपक्षिय छलफल भैरहँदा विभिन्न खेलकुद संघसंस्थामा आवद्ध खेलप्रेमी युवाहरुले हरमटारी खेलकुद मैदानमा धर्ना दिएका थिए । मेला राेक्न गोरखा जिल्ला फुटबल संघ, गोरखा जिल्ला ब्याडमिन्टन संघ, हरमटारी क्लव, गोरखा युथ क्लव, गोरखा जिल्ला सितेरियो कराते संघ, गोरखा र गोरखा जिल्ला तेक्वान्दो संघ गोरखाले जिल्ला प्रशासन कार्यालयमा हरमटारी खेलमैदानमा मेला माग गरेका थिए ।

अब के हुन्छ ? अध्यक्ष श्रेष्ठ भन्छन्- त्यहि मैदानमा जसरी पनि मेला गर्छाै 

मेला रोक्न लागिपरेका टोली सफल भएपछि अब चेम्बरले आयोजना गर्ने मेलाको भविष्य के होला ? समाजिक सञ्जालमा चासोका साथ चर्चा भएको छ । समाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नै किसिमले टिकाटिप्पणी गरेको भएपनि चेम्बर आफै कसरी मेला गर्ने भन्नेमा दोधारमा छ । चेम्बरका अध्यक्ष श्रेष्ठ चाडौं नै त्यहि मैदानमा मेला आयोजना हुने दावी गर्छन् ।

भन्छन् – मन्त्री जस्तो मान्छेले आफ्नो हैतियत बिर्सिएर पत्र काटेपछि मन्त्रीको अस्तित्व रूक्षा गर्न मेला स्थगित गरिएको हो । हामी अझै पनि त्यहाँ नै मेला आयोजना गछौं । अहिलेको समयमा चेम्बरको मेला रोकिनु भनेको यो गोरखालीको दुभाग्यको बिषय हो ।  यदि त्यहि खेलमैदानमा चेम्बरको मेला गर्न सकिएन भने गोरखा ठुलो आँधि हुरी आउनेवाला छ ।’

उनका अनुसार याे लडाँइले गोरखाका साना तथा मझौला व्यबसाहि मर्कामा परेको उनको तर्क छ । ‘गोरखामा चेम्बर जन्मियो । चेम्बरले सबैलाई समान हैतियतमा व्यबहार ग¥यो । साना तथा मझौंला ब्यवसाय गर्नेलाई सहयोग ग¥यो । अब उघोगको अस्तिव सकिन्छ कि के हो भनेर उनीहरू मेरो पछि लागेका छ्न्’, उनले भने ‘हामी सबैलाई सन्तुलन गरि लगेका छौं । हामीले चेम्बरमा राजनीति मुक्त गरेका छौं । तर उनीहरूले म एमालेको जिल्ला सदस्य भएकाले चेम्बर एमालेको भयो । अब हाम्रो अस्तित्व सकियो भन्ने खालले लागेकाले यो समस्या भएको हो ।’

यदि त्यहि स्थानमा चेम्बरले मेला गर्न नपाए गोरखामा ठुलो आधाहुरी आउने उनको दावी छ । हामीले त्यहि मैदानमा मेला गर्न नपाए गोरखामा आधुहुरी आउनेवाला छ’, उनले भने ‘यदि निकट भविष्यमा मैदानमा खेलजन्य काम मात्रै गर्ने हो भने आफुहरूले मेला आयोजना गर्न पाउनु पर्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily