+
Search

ताजा अपडेट +

पपुलर +

बिहेमा सालीले भिनाजुको जुत्ता लुकाएपछि एलिना, रचना र समीक्षाको ठुम्का

4KNationalDaily
२०७८ पुष ४, आईतवार १६:२८ बजे

काठमाडौं– गायक कृष्ण केसीले गायिकाहरु एलिना चौहान, रचना रिमाल र समीक्षा अधिकारीकोे साथमा गाएको ‘लुम्ले काँडेमा’मा बोेलको गीत रिलिज गरिएको छ । यो गीतमा कृष्ण केसीको शब्द तथा संगीत छ ।

गायक कृष्ण केसी अमेरिकामा रहेर पनि गीतसंगीतमा निरन्तर सक्रिय छन् । उनले, यसअघि पनि थुप्रै गीत सार्वजनिक गरिसकेका छन् । उनले, आफूले नेपाली गीतसंगीतलाई अगाडि बढाउनका लागि प्रयास मात्र गरेको बताए । गायक केसीले यसलाई मासुप गीत बताएका छन् । गीतलाई डान्सिङ शैैलीमा तयार पारिएकोे छ ।

यो गीतको भिडियोमा कृष्ण केसीकै कन्सेप्ट तथा निर्देशन छ । उनले, भिडियोलाई नयाँ शैैलीमा बनाएका छन् । भिडियोमा मोेडलहरु सुधिर श्रेष्ठ, अनु पराजुली, करिश्मा ढकाल, सकुना खत्रीको डान्स हेर्न सकिन्छ ।

बिहेमा सालीले भिनाजुको जुत्ता लुकाएको बिषयलाई भिडियोमा रमाइलो तरिकाले उठाइएको छ । मौैसम हिमालीकोे कोेरियोेग्राफी रहेकोे भिडिओमा अनिल के मानन्धरकोे छायांकन, प्रविण भट्टकोे सम्पादन छ ।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily