काठमाडौं- नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा दुई पक्षबीच झडप भएको छ । शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष र शेखर कोइराला-विमलेन्द्र निधि पक्षबीच निर्वाचनको विषयलाई लिएर झडप भएको हो ।
प्रदेश २ मा कांग्रेसको नेतृत्व लिन संस्थापन पक्षबाट कोइराला-निधि पक्षबाट रामसरोज यादव सभापतिको उम्मेदवार छन् । देउवा पक्षबाट कृष्ण राय यादवले उम्मेदवारी दिएका छन् । कोइराला-निधि समूहले आजको मतदान स्थगित गरेर भोलि मात्र गर्ने प्रस्ताव राखेपछि देउवा समूह आक्रोशित भएको थियो ।
विवाद बढेर दुई पक्षबीच झडपको रूप लिएपछि प्रहरीले लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिएको छ । सो क्रममा भएको कुटाकुटमा कांग्रेसका केही कार्यकर्ता घाइते भएका छन् । निर्वाचन समितिले प्रदेश २ मा बुधबार नै निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।
दुई पक्षबीच कुटाकुट भएपछि बुधबारका लागि निर्वाचन कार्यक्रम स्थगित भएको छ । अब बिहीबार विहान ८ बजेदेखि मतदान हुने निर्वाचन समितिका संयोजक प्रल्हाद गौतमले जानकारी दिए । कांग्रेस चुनावका लागि अहिलेसम्म मतपत्र समेत छापिएको छैन । चुनाव कहिले हुन्छ भन्ने पनि अनिश्चित बनेको छ ।
प्रतिक्रिया