+
Search

ताजा अपडेट +

पपुलर +

संसद अवरोधले संघीयतानै अवरुद्ध हुने अवस्था आयो : मन्त्री बडु

4KNationalDaily
२०७८ पुष ८, बिहीबार १८:१२ बजे

काठमाडाैं- कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले लगातार संघीय संसदमा अवरोधले संघीयता अवरुद्ध हुन लागेको बताएका छन्।

संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा संसद्‌मा मन्त्री बडुले लामो समयदेखि संघीय संसद् अवरुद्ध हुँदा संघीयता पनि अवरुद्ध हुँदै गएको बताएका हुन्।

संसद् अवरुद्ध हुँदा संघीय निजामती विधेयक अघि बढाउन नपाइएको र यसले गर्दा प्रादेशिक निजामती सेवा सञ्चालन पनि हुन नपाएको तर्फ ध्यानाकर्षण गराए।

यो र संघीयतासँग जोडिएका धेरै विषय संसद्‌मै थन्किएको भन्दै मन्त्री बडुले संसद्को अवरोधकै कारण नागरिकताजस्तो संवेशनशील विधेयक पनि अघि बढ्न नसकेको बताए। उनले संसद्को अवरोध खोल्न एमालेलाई आग्रह गर्न समितिमा प्रस्ताव पनि गरे।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily