मोडल प्रिज्मा खतिवडाले मोडल तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ सँग फेरि प्रेम गर्न थालेको चर्चा चल्न थालेको छ । प्रिज्माले बलेसँग माफी मागेकी छन् । एक कार्यक्रममा प्रिन्सी रोएको घटनालाई लिएर सामाजिक सञ्जालमा सागरलाई गालीको बर्षा हुन थालेपछि उनले माफी मागेकी हुन् ।
राजधानीमा आयोजित ‘छलछल’ गीतको म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा उनले माफी सागरसँग मागेकी हुन् । ‘एक अन्तर्वार्तामा प्रिन्सी रोएकी थिइन् । दर्शकले म रोएको र रुनुको कारण सागरसँगको प्रेम बुझनु भएको कारण गाली दिनुभएको छ’ प्रिज्माले भनिन्, ‘दर्शकको बुझाइमा केही गलत रह्यो ।’
‘म सागर सर, दर्शक र उहाँका शुभचिन्तकसँग माफी माग्न चाहन्छु’ उनले अगाडि थपिन्, ‘ब्रेकअपको समाचार सार्वजनिक भइरहँदा प्रिन्सी रोएको बेलामा गलत बुझाइका कारण सागरले गाली खानुपरेको छ ।’ प्रिज्माले रोएको समय आफुहरुले कसैको नाम उल्लेख नगरेकोले सागरलाई गाली गर्नु गलत भएको बताइन् ।
प्रिज्मा सागरको प्रेममा केही समय रहेर अलग भएकी हुन् । यी दुवैको प्रेमको चर्चा मनोरञ्जन क्षेत्र नलुकेको बिषय हो । विवाहको बिषयमा कुरो नमिल्दा यी दुबैको प्रेममा तिक्तता आएका बताइन्छ ।
प्रतिक्रिया