+
Search

ताजा अपडेट +

पपुलर +

माओवादीमा पदाधिकारी बढाएर १५ सदस्यीय बनाउन प्रस्ताव

4KNationalDaily
२०७८ पुष १०, शनिबार १०:०४ बजे

काठमााडौं– नेकपा (माओवादी केन्द्र)मा पदाधिकारी संख्या बढाउने प्रस्ताव आएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा शुक्रबार जारी स्थायी कमिटीमा बैठकमा पदाधिकारी संख्या ५ बाट बढाएर १५ पुर्‍याउने प्रस्ताव आएको हो ।

पार्टीलाई नयाँ रुपमा अघि बढाउन पाँच जना पदाधिकारीले नपुग्ने भन्दै थप्ने प्रस्ताव गरिएको हो । अहिले माओवादीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष मात्रै पदाधिकारीका रुपमा रहने व्यवस्था छ। पुस ११ देखि हुने राष्ट्रिय सम्मेलन अघि पार्टी विधान संशोधन गरेर अरु १० जना पदाधिकारी थप्नुपर्ने प्रस्ताव आएको हो।

स्थायी कमिटीमा गरिएको प्रस्ताव अनुसार एक अध्यक्ष, वरिष्ठसहित सातजना उपाध्यक्ष, तीनजना सचिव, एकजना महासचिव, एकजना उपहासचिव र कोषाध्यक्ष एकजना बनाउने प्रस्ताव आएको हो। अर्काे कम्युनिस्ट पार्टी नेकपा एमालेले अहिले पदाधिकारी संख्या १९ सदस्यीय बनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily