+
Search

ताजा अपडेट +

पपुलर +

सुनिल बलको उत्कृष्ट गोलमा मछिन्द्रले मनाङलाई हरायो

4KNationalDaily
२०७८ पुष १०, शनिबार १९:२६ बजे

काठमाडाैं- यो सिजनकै प्रतिस्पर्धात्मक मानिएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको शनिबार भएको खेलमा मछिन्द्र क्लबले बाजी मारेको छ। दशरथ रंगशालामा भएको खेलको निर्धारित ९० मिनेट सकिएको अवस्थामा मछिन्द्रका सुनिल बलले उत्कृष्ट गोल गर्दै मनाङ मर्स्याङ्दीलाई हराउन सफल भए।

मनाङलाई १-० ले हराएसँगै मछिन्द्र लिगको शीर्ष स्थानमा पनि उक्लिन सफल भएको छ। सुनिलले खेलको इन्जुरी समयमा फ्री-किकबाट सुन्दर गोल गरेर मछिन्द्रलाई ३ अंक दिलाउँदै लिगको शीर्ष स्थानमा पुर्‍याए। मनाङलाई हराएपछि मछिन्द्रले ६ खेलबाट १४ अंक बनाएको छ। यो जितपछि मछिन्द्रले मनाङसँग एक अंकको दूरी बनाएको छ।

पराजित मनाङ १३ अंकमा तालिकाको दोस्रो स्थानमा छ। मछिन्द्रको १ अंक बढी छ। तर मनाङले मछिन्द्रलाई हराएको भए ५ अंकको अग्रता लिन सक्थ्यो। यो जितसँगै मछिन्द्रले एएफसी कप खेल्ने सम्भावना पनि बढाएको छ। सातौँ चरणसम्म अंक तालिकाको शीर्ष स्थानमा रहने टोलीले एफसी कप खेल्न पाउनेछ। त्यसैले छैटौँ र सातौँ चरणलाई निकै महत्वका साथ हेरिएको छ।

शनिबारको खेलमा मनाङले जित निकालेको भए एफसी कप खेल्ने टोलीको टुङ्गो लाने थियो। खेलपछि मनाङका प्रशिक्षक राजेन्द्र तामाङले आजको खेलमा आफुहरुले तीन अंकमा नै जोड दिएकाले हार भोग्न बाध्य भएको बताए। मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले आजको खेलले एफसी कपका लागि आफुहरुको सम्भावना बलियो भएपनि अर्को चरणको खेल महत्वपूर्ण रहेको बताए।

अर्को खेल अझै महत्वपूर्ण छ। बाँकी खेलमा अन्य टोलीको नतिजा हेरेर पनि कुन टोलीले खेल्ने भनेर टुङ्गो लाग्नेछ तर त्यसको लागि अर्को चरण कुर्नै पर्ने भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily