गाेरखा- गृहमन्त्री बालकृष्ण खाँणले मिलेलियन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अघि बढ्ने जिकिर गरेका छन् ।
शनिबार गाेरखामा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले एमसीसीको प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले नै प्रस्ताव गरेकाे याेजना भएकाे र याे सैन्य संरचना नभएकाे भन्दै सरकारमा रहेका दलहरुसँग छलफल गरी कुनैपनि बेला संसदमा लैजाने तर्क गरेका छन् ।
एमसीसी ऋण नभई निर्शत अनुदान भएको पुष्टि गर्दै यो सम्झौता अगाडि बढाउनु सरकारको दायित्व भएको उनलकाे तर्क थियाे । एमसीसी नेपालले प्रस्ताब गरी अमेरिकी सरकारले स्वीकृत गरेको विकास परियोजना भएकाले यसमा विवाद गर्न नहुने उनको तर्क छ ।
‘एमसीसी नेपालले नै प्रस्ताब गरेको विकास परियोजना हो । त्यसैले हामी सबै यसमा सकारात्मक रहनुपर्दछ’, उनले भने, ‘विद्युत ट्रान्समिसन निर्माण, सडक निर्माण, गरिबी निबारण र रोजगारीका लागि यो परियोजना नेपाल सरकारले प्रस्ताब गरेको र अमेरिकाले स्वीकृत गरेको मात्र हो । यो कुनै सैन्य गठबन्धन होइन ।’ अमेरिकी नागरिकको करबाट प्राप्त अनुदानको सही सदुपयोग होओस् भनेर अमेरिकाले गरेको चासो र चिन्तालाई अन्यथा अर्थ लगाउन नहुने उनको दाबी छ ।
श्रृङ्खलावद्ध निर्वाचन गर्न आयोग तयार रहेमा समुचित प्रवन्ध गर्न सरकार तयार रहेको उनले बताए । ‘स्थानीय तह र आमनिर्वाचनका लागि पनि चर्चा चलिरहेको छ तर निक्याैल निक्लिएको छैन । निर्वाचन आयोगले भनेको जसरी नै निर्वाचनको तयारी र पूर्वतयारी गर्न सरकार तयार छ ।’ निर्वाचन आयोगले प्रस्ताब गरेअनुसार व्यवस्थापन गर्न र सुरक्षा प्रदान गर्न सरकार सक्षम रहेको उनले बताए ।
गाेरखा उद्याेग बाणिज्य संघकाे ४६औं बार्षिक साधारण सभा तथा १६औं अधिवेशन उद्घाटन गर्न हेलिकोप्टरबाट गोरखा आएका उनी आजै काठमाडाैं फर्किने याेजना छ । गाेरखा आएका खाँणले सरकार सबै तहकाे निर्वाचनका लागि सुरक्षा प्रदान गर्न तयार रहेकाे बताए ।
प्रतिक्रिया