+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डकाे खुलासा – बाबुराम भट्टराईलाई माओवादीकाे अध्यक्ष बनाउने प्रयास गरेको थिएँ

4KNationalDaily
२०७८ पुष १०, शनिबार १६:५३ बजे

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा बाबुराम भट्टराईलाई माओवादीको अध्यक्ष बनाउन आफूले प्रयास गरेको बताएका छन्। शनिबार सम्पादकहरुसँगको अन्तर्क्रियामा उनले पार्टी राम्ररी चल्छ भने किन नगर्ने भनेर त्यस्तो पहल गरेको बताए। तर, स्थिति परिपक्‍व भएको रहेनछ भन्ने लागेको उनको भनाइ थियो।

भट्टराई तत्कालीन एकीकृत (नेकपा माओवादी)बाट २०७२ सालमा अलग्गिएका थिए। माओवादीबाट बाहिरिनुअघि उनले माओवादीमा व्यापक सुधारको खाँचो रहेको बहस छेडेका थिए। तर, प्रचण्डपक्ष त्यसमा सहमत नभएपछि उनी नयाँ शक्ति निर्माणका लागि अलग्गिएका थिए।

माओवादीको नेतृत्व परिवर्तनको सन्दर्भमा प्रचण्डले अहिले पनि आफू नै अध्यक्ष भइरहनुपर्ने नभएको बताए। ‘मुलुकको जे अवस्था छ, यो अवस्थामा हामीलाई जस्तो विचार र नेतृत्व चाहिन्छ, त्यो अनुसार मैले केही वर्ष भूमिका खेल्नुपर्छ भन्ने मेरो पनि भनाइ हो, हाम्रो पार्टीको नेतृत्व तहमा रहेका साथीहरूको पनि भनाइ हो,’ उनले भने।

नेतृत्व परिवर्तनको सन्दर्भमा प्रचण्डले फरक-फरक अभिव्यक्ति दिँदै आएका छन्। उनले पार्टी नेतृत्व हस्तान्तरण गरेर संस्मरण लेख्न मन लागेको पनि बताउने गरेका छन्।

प्रचण्डले एमसीसीको विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लिएको अडानले आफूहरु आश्चर्यचकित भएको बताएका छन् । एमसीसी पारित गर्नुपर्ने सन्भर्दमा भट्टराईले लिएको अडानले आफूहरु आश्चर्यचकित भएको बताएका हुन् । सर्वदलीय बैठकमा समेत भट्टराईले एमसीसी आफ्नै पालामा अघि बढेको र पास गर्नुपर्छ भनेर अडान लिएको बताए ।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले एमसीसी पास गर्नैपर्ने जिम्मेवारी लिएको देख्दा आफूहरु हेरेकै हेरै भएको टिप्प्णी पनि गरे । उनले भने– उहाँ (बाबुराम भट्टराई) ले सर्वदलीय बैठकमा एमसीसी मेरै पालामा अघि बढेको हो र पास गर्नेपर्छ भनेर जिम्मेवारी लिएको देख्दा हामी त हेरेको हेरै भयौँ । बाबुराम जीले किन एमसीसीको स्वामित्व लिन खोज्नुभएको बुझ्न सकिएको छैन् ।

भट्टराईले सर्वदलीय बैठकमा संसदको बहुमतले पारित गर्नुपर्ने अडान लिएको पनि उनले बताए । प्रतिपक्षीले संसद घेराउ गरिरहेका बेला कसको बहुमतबाट पारित गरौँ भन्नुभएको हो त्यो त्यो बुझ्न सकिएको छैन, उनले भने । भने – संसदको बहुमतले पारित गर्नुपर्छ भनेर बाबुरामले भनेको संगतिपूर्ण छैन् । प्रतिपक्षीले घेराउ गरिरहेको छ । कसको बहुमत भनेको हो ? यस्तो राष्ट्रियतासँग गाँसिएको संवेदनशील विषय हुलमुलमा पास गरेर हुन्न ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily