+
Search

ताजा अपडेट +

पपुलर +

सन्नी लियोनलाई ३ दिनभित्र त्यो भिडिओ हटाउन प्रदेश गृहमन्त्रीको चेतावनी

4KNationalDaily
२०७८ पुष ११, आईतवार १९:१९ बजे

काठमाडाैं- बलिउड अभिनेत्री सन्नी लियोन अभिनित एक म्युजिक भिडिओ युट्युबबाट हटाउन भारतको मध्य प्रदेशका गृहमन्त्रीले चेतावनी दिएका छन्। हिन्दुस्तान टाइम्सका अनुसार ‘मधुवन मे राधिका नाचे’ बोलको म्युजिक भिडिओ हटाउन मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले सन्नीलाई आइतबार भनेका हुन्।

आगामी ३ दिनभित्र त्यो भिडिओ नहटाए अभिनेत्री लियोनसहित म्युजिक भिडिओ टिमलाई नै कानुनी कारबाही गरिने चेतावनी गृहमन्त्री मिश्रले दिएका छन्।

‘पछिल्लो समय यस्ताखाले म्युजिक भिडिओले हिन्दुहरूको भावनामा चोट पुर्याइरहेका छन्’, गृहमन्त्री मिश्रले भनेका छन्, ‘यसैगरी सन्नी लियोन र उनको टिमले ‘मधुवनले राधिका नाचे’ बोलको म्युजिक भिडिओ बनाएर हिन्दुहरूको भावनामा थप चोट पुर्‍याएका छन्। त्यसैले त्यो भिडिओ ३ दिनभित्र हटाइएन भने टिमका सबै जनाविरुद्ध कानुनी कारबाही गरिनेछ।’

विवादित बलिउड अभिनेत्री सन्नी पूर्वपोर्न स्टार पनि हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily