+
Search

ताजा अपडेट +

पपुलर +

धार्चेमा ट्रक दुर्घटनाः दुई जनाको मृत्यु, ४ जना घाईते

4KNationalDaily
२०७८ पुष १६, शुक्रबार १५:५९ बजे

गोरखा- धार्चे गाउँपालिका-५, माछिखोला बजार नजिकै मिनिट्रक दुर्घटना भएको छ । आरुघाटबाट माछिखोला तर्फ जादै गरेको बा ५ ख ६५६६ नम्बरको मिनिट्रक सडकबाट बुढिगण्डकीमा खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

धादिङ घर भएका करीब २३ बर्षका चालक निराजन नेपाल र अर्का एक पुरुषको घटनास्थलमै मृत्यु भएको भएकाे हाे । ६ जना सवार मिनिट्रकमा अन्य ४ जना घाईते भएका छन् ।

धार्चे गाउँपालिका ३ उहियाका आसमान गुरुङ, सोही ठाउँकी २६ बर्षकी शरणी गुरुङ र उनकी २ बर्षकी छोरी सपना र धार्चे गाउँपालिका ५ माछिखोलाकी १९ बर्षकी अस्मिता गुरुङ घाईते भएका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

घाईतेमध्ये गम्भीर अबस्थाका आसमानलाई थप उपचारका लागि आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र ल्याईएको र अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेपनि थप उपचारका लागि रिफर गर्ने तयारी भएको छ ।

घटनास्थल माछिखोला बजारभन्दा १ किलोमिटर वर पर्दछ । आरुघाटबाट निर्माण सामाग्री लिएर गएको ट्रक सडकबाट करिब सय मिटर तल खसेको बताईएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily