काठमाडौं– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा पार्टीविच एकता गर्न प्रस्ताव ल्याएका छन्।
शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री धवलशमसेर राणासँगको भेटमा पार्टी एकताकाे प्रस्ताव राखेका हुन् । त्यो छलफलका क्रममा मिश्रले दुबै पार्टी मिलाएर नयाँ विकल्पमा जानुपर्ने प्रस्ताव गरेका हुन्।
‘विवेकशील साझा राप्रपामा मिसिन सक्दैन, राप्रपा विवेकशील साझामा आउन सक्दैन,’ मिश्रले भने, ‘मैले राखेको कुरा दुबैको सहमतिमा नयाँ विकल्प जान सकिन्छ, नयाँ शक्ति सिर्जना गर्न सकिन्छ।’
तर, यो सहज भने नरहेको मिश्रले बताए। भेटमा राजनीति, समाज र देशको भविष्यबारे चिन्ताजनक र आशापूर्ण कुरा चलेको बताउँदै मिश्रले भने, ‘यो एक किसिमको शिष्टाचार भेट पनि थियो।
समान विचार भएका पार्टीहरूबीच एकता गर्नका लागि राप्रपाले राणाको नेतृत्वमा समिति गठन गरेको छ। त्यसले विभिन्न पार्टीहरूसँग एकताका लागि वार्ता गरिरहेको छ। सोही क्रममा मिश्रसँग भेटघाट गरी छलफल अगाडि बढाइएको राप्रपाका महामन्त्री धवलशमसेर राणाले बताए।
प्रतिक्रिया