+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसले छान्यो राष्ट्रियसभाका ६ उम्मेदवार, गण्डकीमा कमला पन्त

4KNationalDaily
२०७८ पुष १९, सोमबार १६:५५ बजे

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रियसभाका ६ उम्मेदवार टुंगो लगाएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।

जसअनुसार प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ, सुदूरपश्चिम प्रदेशमा नारायण मिश्र उम्मेदवार बनेका छन् ।

पन्त गाेरखा क्षेत्र न २ काे २०५१ र २०५६ काे सांसद समेत नी हुन् । उनी कांग्रेसकाे १४औं महाधिवेशनमा सह-महामन्त्रीमा पराजित भएकी थिइन् । उनी कांग्रेस भित्र संस्थापन इतरकी हुन् । गाेरखाबाट २०७४ मा सुरेन्द्रराज पाण्डे राष्ट्रिय सभाका सांसद भएका थिए ।

सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसको भागमा ६ सिट परेको थियो । बैठकले १२ माघमा हुने मतदानमा गठबन्धनका उम्मेदवारहरुलाई मत दिन समेत आह्वान गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily