+
Search

ताजा अपडेट +

पपुलर +

४० वर्षदेखि प्रचण्ड माओवादीको अध्यक्ष !

4KNationalDaily
२०७८ पुष १९, सोमबार १७:१७ बजे

काठमाडौं– नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः निर्वाचित भएका छन् । आठौं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चुनेको हो । प्रचण्ड आगामी ५ वर्षको लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

केन्द्रीय समिति हलमा प्रचण्डको नाम नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए भने कृष्णवहादुर महराले समर्थन जनाएका थिए । प्रचण्डको विपक्षमा एकजना पनि सदस्य उभिएनन् ।

२०४४ सालको चर्चित सेक्टर काण्डमा मोहन वैद्यलाई राजिनामा गराएर पार्टी महासचिव भएदेखि प्रचण्डले नेतृत्व छाड्नु परेको छैन । विगत करीव ३५ वर्षदेखि निरन्तर पार्टी प्रमुख रहदै आएका प्रचण्ड अब ४० औं वर्षको लागि नेतृत्वमा चुनिएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily