+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डलाई बधाई दिदै बाबुरामले भने- प्रतिगमनविरूद्ध लड्ने अग्रगमनकारी शक्तिहरूको सहकार्यमा बल पुगोस्

4KNationalDaily
२०७८ पुष २१, बुधबार ०९:३९ बजे

काठमाडाैं- नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा निर्वाचित पुष्पकमल दाहाल प्रचण्डलाई जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले बधाई दिएका छन् । आफ्ना पूर्व सहकर्मीलाई बाबुरामले अध्यक्ष चयन भएको भोलिपल्टमात्र बधाई दिएका हुन् ।

बाबुरामले ट्विटरमा प्रचण्डलाई बधाई दिदै अध्यक्षमा पुनः निर्वाचित भएबाट अग्रगमनकारी शक्तिहरुको सहकार्य र ध्रुवीकरणमा बल पुग्ने आशा व्यक्त गरे ।

बाबुरामले लेखेका छन्- ‘नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनद्वारा पार्टीको अध्यक्षमा पुनस् निर्वाचित हुनुभएकोमा पुष्पकमल दाहाल प्रचणडलाई हार्दिक वधाइ तथा शुभकामना! प्रतिगमन र यथास्थितिवादविरूद्ध लड्ने अग्रगमनकारी शक्तिहरूको सहकार्य र ध्रुवीकरणमा बल पुगोस् थप शुभेच्छा !’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily