+
Search

ताजा अपडेट +

पपुलर +

चुनावसम्म गठबन्धन रहन्छ तर कांग्रेस एक्लै लड्छ : गगन थापा

4KNationalDaily
२०७८ पुष २१, बुधबार १८:३३ बजे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन रहेपनि आगामी चुनावमा कांग्रेसले अरु पार्टीसँग तालमेल नगर्ने बताएका छन्। सत्तारुढ गठबन्धन आगामी चुनावसम्म रहेपनि चुनाव भने कांग्रेस एक्लैले लड्ने बताएका छन्।

‘राष्ट्रिय सभाको निर्वाचनसँगै चुनावी तालमेल समाप्त हुन्छ। हामी एक्लै चुनावमा जान्छौं,’ उनले भने, ‘चुनावसम्म सरकारको गठबन्धन रहन्छ, तर चुनाव कांग्रेस एक्लै लड्छ। पार्टीले त्यो वातावरण बनाओस्।’

बुधबार बुधबार सिंहदरबार नजिकैको एक होटलमा आयोजित भेलामा झन्डै कांग्रेस इतर (शेखर कोइराला पक्ष)को भेलामा बोल्दै थापाले पार्टी सभापतिबाट इग्नोर (बेवास्ता) भए सैह्य नहुने चेतावनी दिए।

‘टिममा अवसर दिँदा सही व्यक्ति सही ठाउँ हाम्रो नारा हो। विधिसम्मत पार्टी चलोस् भन्ने हाम्रो चाहना हो,’ थापाले भने, ‘४० प्रतिशत मत ल्याएको शक्तिलाई इग्नोर गरेर पार्टी चल्न सक्दैन। हामी सभापतिलाई सहयोग गर्छौं, तर हामीलाई इग्नोर सैह्य हुँदैन।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily