+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा-काठमाडौं एकीकरण मार्गमा सेनाको पदयात्रा

4KNationalDaily
२०७८ पुष २१, बुधबार १९:२७ बजे

गाेरखा- राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर नेपाली सेनाले गाेरखाबाट एकीकरण मार्गमा पदयात्रा शुरू गरेको छ ।

तत्कालिन राजा पृथ्वीनारायण शाहले एकीकरणको क्रममा यात्रा गरेको गोरखादेखि काठमाडौंसम्मको पदमार्गमा बुधबारबाट सेनाले पदयात्रा शुरु गरेको हो । तीन सय औँ पृथ्वी जयन्तीका अवसरमा सेनाले गोरखा दरबारदेखि काठमाडौँको हनुमाढोका दरबारसम्म पदयात्रा सुरु गरेको हाे ।

गोरखाको रिपुमर्दन गणको संयोजनमा पदयात्रा सुरु गरिएको हो । टोलीमा पृथ्वीनारायण शाह कालिन पोसाक, टर्च र राष्ट्रिय झण्डा बोकेका सेनाहरू सहभागी छन् । तत्कालीन राजा शाहले राज्य एकीकरणको क्रममा प्रयोग गरेको बाटोलाई पछ्याउँदै एकीकरण पदमार्ग तयार गरिएको सेनाले जनाएकाे छ।

‘यसलाई एकीकरण मार्ग भनिएको छ । व्यक्ति भन्दा पनि पहिले देशको अस्तित्व जोगाउन प्रयोग गरेको बाटो र सामग्री हाम्रा लागि निकै महत्त्वपूर्ण हुन्छन्,’  सेनानी प्रकाश परियारले भने, ‘त्यसैको सम्मानमा सेनाले यो कार्यक्रम आयोजना गरेको हो ।’ पदयात्रामा पृथ्वी नारायण शाह कालिन सजावटमा १० जना सेना छन् भने ३० जना हालको सेनाको पोसाकमा छन् ।

टोली गोरखा दरबार स्थित हनुमान चौतारीबाट पिपलथोक, ताप्ले, अश्राङ, घाटबेंसी हुँदै धादिङको सल्यानटारमा त्यहाँको शिव दल गणलाई टर्च र झण्डा हस्तान्तरण गर्ने छ । उक्त टोलीले नुवाकोट र नुवाकोटको टोलीले काठमाडौँलाई टर्च दिएपछि सोही टोली हनुमान ढोका पुग्नेछ ।

पदमार्ग, कोट, गणी र किल्लाहरु संवर्द्धन तथा प्रवर्द्धन गर्ने नेपाली सेनाको बिशेष कार्यक्रम अन्तरगत पदयात्रा गरिएको गणपती बिष्टले जानकारी दिए । ‘राज्य एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाइ एकीकरण मार्गको रुपमा बिकास गर्न विगत तीन वर्षबाट पदयात्रा शुरु गरेका हौ, वर्षेनी यसले निरन्तरता पाउछ,’ उनले भने । उक्त मार्गको दुरी २६ कोष रहेको बताइएको छ ।

पदयात्रामा सहभागी टोलीलाई मध्य कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति बाबुराम श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शंकरहरी आचार्यले संयुक्त रुपमा टर्च र झण्डा हस्तान्तरण गरेर बिदाइ गरेका हुन् ।

पदमार्ग, कोट, गणी र किल्लाहरु संवर्द्धन तथा प्रवर्द्धन गर्ने सेनाको बिशेष कार्यक्रम अन्तरगत बिगत तीन वर्षदेखि पदायात्रा गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily