+
Search

ताजा अपडेट +

पपुलर +

आउने निर्वाचनमा कांग्रेस समर्थकले रुखमा मात्रै भोट हाल्छन् : शेखर कोइराला

4KNationalDaily
२०७८ पुष २५, आईतवार ०७:५२ बजे

सुनसरी- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आउने निर्वाचनमा कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताएका छन्।

सुनसरीमा शनिबार आयोजित एक कार्यक्रममा उनले अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांग्रेसको गठबन्धन नहुने बताएका हुन्।

‘अब कांग्रेस एक्लै चुनाव लड्छ । कांग्रेसका नेता तथा कार्यकर्ताले अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिन्ह रुखबाहेक अन्य चिन्हमा मत नहाल्ने आशय व्यक्त गरिसकेका छन्,’ उनले भने, ‘त्यसैले आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लडेर पनि बहुमत ल्याउँछ।’

आउने निर्वाचनमा १५ देखि २० लाख मानिसलाई पार्टीमा आबद्ध गराउन सक्यौँ भने निर्वाचन जित्नेमा कुनै दुविधा नरहेको उनको भनाई थियो। पार्टीका सभापति तथा प्रधानमन्त्रीले आफूखुसी गर्नखोजे पार्टीले चुनावमा हारको सामना गर्नुपर्ने अवस्था आउनसक्ने उनले बताए।

सभापतिले म सबैको हुँ भने पनि विश्वासको वातावरण बनिनसकेको उनको भनाई थियो। नेता कोइरालाले भने, ‘सभापतिले म सबैको सभापति हुँ भन्नुभएको छ, त्यो व्यवहारमै देखिनुपर्यो। देखिने गरी हुनुपर्यो, न्यायसङ्गत हुनुपर्यो।’

आम नेपाली जनतामा एमसीसीका बारे फैलिएको त्रास चिर्न संसदमा छलफल गरेर जे हुन्छ जानकारी दिनु आवश्यक रहेको उनले बताए।

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तब्यस्त बनेको भन्दै नेता कोइरालाले अवरुद्ध संसद् सञ्चालन गर्नतर्फ कांग्रेस र एमाले दुवै लाग्नुपर्नेमा पनि जोड दिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily