+
Search

ताजा अपडेट +

पपुलर +

खसेको भन्दा ३१ मत बढी भेटिएपछि एमाले दैलेखमा हंगामा

4KNationalDaily
२०७८ पुष २८, बुधबार ११:०० बजे

दैलेख- नेकपा (एमाले) दैलेखको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित गरिएको छ ।

एमाले दैलेखमा जम्मा मतदाताको संख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएपछि हंगामा भएकाे हाे ।

सातौं जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनको निर्वाचन प्रक्रियामा फर्जी मत भेटिएपछि मतगणना स्थगित गरिएको हो । अब केन्द्रीय निर्वाचन आयोगको छानबिनपछि मात्र थप प्रक्रिया अघि बढाइने बताइएको छ ।

एमाले दैलेखमा अध्यक्षका लागि सूर्यबहादुर शाही र रविन्द्रराज शर्माबीच प्रतिस्पर्धा भइरहेको छ । पुनः मतदान गराउनेबारे प्रयास भइरहेको बताइएको छ । नेताहरुले निर्वाचन मण्डलको कार्यक्षमता माथि पनि प्रश्न उठाइरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily