+
Search

ताजा अपडेट +

पपुलर +

आवश्यक ठाउँ हेरेर मात्र लकडाउन गर्छौं : स्वास्थ्यमन्त्री खतिवडा

4KNationalDaily
२०७८ पुष २९, बिहीबार १६:३० बजे

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्। मन्त्री खतिवडाले यसअघि अन्य देशहरूको कुरा सुनेर लकडाउन गरे पनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताए।

यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने उनले बताए। मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकाले लकडाउन हुन्छ भनेर आत्तिनुनपर्ने उनले बताए।

उनले भने, ‘आवश्यक्ताअनुसार ठाउँ विशेष गर्न सक्छौँ। त्यसैले तत्काल लकडाउनको विषयमा आतंकित हुनु पर्दैन। रोगव्याधको विषयमा पनि हामीले सकेसम्म नलागोस् लागे पनि हामीले सबै ठाउँमा आइसोलेशन वार्डहरू, आईसीयू, अक्सिजन, पहिलो भेरियन्टको बेलाभन्दा दुई तीन गुणामाथि इक्विपमेन्ट र टेण्ट भएका छौँ। नागरिकलाई असजिलो पर्दा सरकार तयारीका साथ बसेको छ। स्वास्थ्यकर्मीहरू हामीले तयारीका साथ राखेका छौँ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily