+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय तहको चुनाव कहिले गर्ने? आज सर्वदलीय बैठक गर्दै निर्वाचन आयोग

4KNationalDaily
२०७८ पुष ३०, शुक्रबार ०८:११ बजे

काठमाडाैं- स्थानीय तहको चुनावबारे छलफल गर्न निर्वाचन आयोगले आज (शुक्रबार) सर्वदलीय बैठक आयोजना गर्दै छ।

बैठकमा स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने मिति निर्धारणका साथै आउने माघ १२ गते गर्न लागिएको राष्ट्रिय सभा सदस्य निर्वाचन तथा मतदाता नामावली अद्यावधिक गर्नेबारे छलफल हुने आयोगले जनाएको छ।

आयोगका अनुसार बिहान ११ बजेपछि सुरु हुने सर्वदलीय बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने १७ दललाई निमन्त्रणा गरिएको छ।

यसअघि गत कात्तिकमा आयोगका पदाधिकारीले गत प्रधानमन्त्री शेरबहादुर देउवालाई आगामी वैशाख १४ र २२ गते पालिकाको चुनाव गर्न प्रस्ताव गरेका थिए। तर यस विषयमा सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन।

स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार स्थानीय तहका पदाधिकारीको पदावधि आउँदो जेठ ५ मा सकिँदै छ। स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ बमोजिम स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा २ महिनाअघि चुनाव हुनुपर्ने व्यवस्था छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily