+
Search

ताजा अपडेट +

पपुलर +

‘द भ्वाइस अफ किड्स’ को उपाधि टिम प्रमोदका जेनिश उप्रेतीलाई

4KNationalDaily
२०७८ माघ २, आईतवार ०८:१७ बजे

काठमाडाैं- ‘द भ्वाइस किड्स’कोे पहिलोे सिजनकोे उपाधि झापाका जेनिश उप्रेतीले जितेका छन्। काेच प्रमोद खरेलको टिमबाट फाइनलमा पुगेका उनले उपाधि चुमेका हुन्।

अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट जेनिशले ‘द भ्वाइस किड्स’को उपाधि जितेका हुन् । उपाधिसँगै जेनिशले ‘द भ्वाइस किड्स’को ट्रफी, १५ लाखकोे चेक र विभिन्न गिफ्ट ह्याम्पर जितेका छन् ।

जेनिशलाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले ट्रफी र चेक प्रदान गरेका थिए । उपाधि जितेपछि जेनिशले भने–‘मलाई परिवारले एकदमै साथ दिनुभएको छ । मलाई गाइड गर्ने सबै कोचहरुलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु । मैले ममीको सपना पुरा गर्न सकेकोमा गर्व गर्न चाहन्छु । दर्शकलाई पनि विशेष धन्यवाद दिन चाहन्छु ।’

६ बर्षदेखि १४ बर्षसम्मका बालबालिकाहरुको सहभागीता रहेको योे रियालिटी शोमा कोचको रुपमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका थिए ।

२० भागसम्म चलेको यो शोलाई दर्शकले अत्याधिक माया गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily