+
Search

ताजा अपडेट +

पपुलर +

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

4KNationalDaily
२०७८ माघ ७, शुक्रबार ०८:३४ बजे

चितवन- पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।

आज (शुक्रबार) बिहान चितवनको इच्छा कामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सडक अवरुद्ध हुँदा अहिले त्यस क्षेत्रमा सबारी साधनको लामो लाइन लागेको छ।

पहिरो ठूलो भएकाले पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily