+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आईएमई बैंकले छ महिनामा कमायो २ अर्ब ६६ करोड

4KNationalDaily
२०७८ माघ ७, शुक्रबार १५:५० बजे

काठमाडाैं- ग्लोबल आईएमई बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार खुद नाफा गरेको छ।

बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार १५.४ प्रतिशतले नाफा वृद्धि भएको हो।

गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब ३१ करोड ५१ लाख १८ हजार नाफा आर्जन गरेको थियो। बैंकको वितरणयोग्य नाफा १ अर्ब ४८ करोड ५६ लाख ४८ हजार छ भने यो वर्ष सञ्चालन नाफा ३ अर्ब ६७ करोड ६९ लाख १४ हजार छ। यो भनेको १३ दशमलव ५७ प्रतिशतले बढेको हो।

बैंकले यो वर्ष १० प्रतिशत बोनस सेयर वितरण गरेसँगै चुक्तापुँजी २३ अर्ब ७९ करोड ५७ लाख पुगेको छ।

बैंकको जगेडा कोषमा ९ अर्ब २१ करोड ५६ लाख ९६ हजार र रिटेन्ड अर्निङ एक अर्ब ४८ करोड ५६ लाख ४८ हजार रहेको छ।

उक्त अवधिमा बैंकको निक्षेप संकलन १.२९ प्रतिशतले बढेर २ खर्ब ७१ अर्ब ९० करोड १६ लाख ११ हजार पुगेको छ। सोही अवधिमा बैंकले २ खर्ब ५६ अर्ब ४२ करोड ५४ लाख ६६ हजार कर्जा प्रवाह गरेको छ। यो भनेको १२ दशमलव १५ प्रतिशत बढी हो।

बैंकको निष्क्रिय कर्जा घटेर १ दशमलव १३ प्रतिशतमा रहँदा प्रतिसेयर आम्दानी २२ दशमलव ३९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४४.९७ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily