+
Search

ताजा अपडेट +

पपुलर +

डिश होम फाइबरनेटद्वारा ‘डिलर दाइ’को सम्मान

4KNationalDaily
२०७८ माघ ७, शुक्रबार १८:११ बजे

पाेखरा- डिश होमले आफ्ना ‘डिलर दाइ’हरुलाई सम्मान गरेको छ।

गण्डकी क्षेत्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरेर उनीहरुलाई सम्मान गर्नुका साथै पुरस्कार वितरणसमेत गरिएको कम्पनीले जनाएको छ।

गण्डकीमा डिश होम, डिश होम फाइबरनेटको बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने पोखराका दिप इलेक्ट्रोनिक्स, ओम लामिछाने सप्लायर्स, स्याङजाका रन्जना फेन्सी, लुद्रमान थापा, गोरखाका सरिना इलेक्ट्रोनिक्स, अकला राइस मिल, भट्ट इलेक्ट्रोनिक्स, जनसेवा इलेक्ट्रोनिक्स लाई उपहारस्वरुप एक/एक थान ल्यापटप प्रदान गरिएको छ।

साथै बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने डिलर दाइहरुलाई कम्पनीका एरिया सेल्स मेनेजर प्रदिप सुवेदीले प्रशंशा पत्रसहित सम्मान गरेका छन्।

कार्यक्रममा गोर्खा, लमजुङ ,स्याङजा, तनहुँ र कास्कीका डिस्ट्रिब्युटर, डिलर दाइहरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

डिशहोम फाइबरनेटले ग्राहकको आवस्यकता अनुरुप आकर्षक र सहुलियत मूल्यमा विभिन्न प्याकेजहरु ल्याएको जनाएको छ।

कम्पनीका अनुसार डिश होम प्रयोग गरिरहेका ग्राहकलाई १०एमबीपीएस निशुल्क इन्टरनेट सुविधादेखि ६०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily