+
Search

ताजा अपडेट +

पपुलर +

राप्रपालाई निर्वाचन आयोगको निर्देशन : विधानबाट ‘हिन्दु राष्ट्र र राजसंस्था’ हटाउनु

4KNationalDaily
२०७८ माघ ९, आईतवार ०८:५३ बजे

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबारे हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउन निर्देशन दिएकाे छ ।

आयोगले २ माघमा राप्रपालाई पठाएको पत्रमा विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्थासहितको प्रनातन्त्रको मान्यता अभिबृद्धि गर्न र कायम गर्न’ भक्न्ने वाक्यांश हटाउन भनेको हो ।

यो संविधानको प्रस्तावना एवं भावना प्रतिकुल भएकाले हटाउनुपर्ने आयोगले बताएको छ ।

संवैधानिक आयोगले संविधानसँग बाझिएको विषय मिलाउन आग्रह गर्नुलाई स्वभाविक रुपमा लिएको निर्वाचन आयोगसम्बन्धी समन्वय गर्ने जिम्मेवारी पाएका राप्रपा केन्द्रीय सदस्य झनक प्याकुरेलले बताए ।

उनले भने, ‘कोरोना महामारीका कारण जवाफ पठाउन पाएका छैनौं । केही समय लाग्ला । तर हिन्दु राष्ट्र र राजसंथा हाम्रो कोर भ्यालु भएकाले हटाउने कुरा आउँदैन ।’

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले भने आयोगको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यता विपरित भएको बताएको छ ।

विगतमा आयोगको यस्तै निर्देशनलाई अस्वीकार गरेको भएपनि पार्टीको वर्तमान नेतत्वले कुनै प्रतिक्रिया नजनाउनु र पत्र लुकाएर राख्नु आश्चर्यजनक भएको बताएका छन् ।

आयोगले माओवादी केन्द्रलाई पनि विधानमा रहेको वर्ग संघर्ष, साम्यवाद जस्ता शब्द हटाउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily