+
Search

ताजा अपडेट +

पपुलर +

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि

4KNationalDaily
२०७८ माघ ९, आईतवार १२:०० बजे

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ।

स्वास्थ्यमा असहज महसुस भएपछि गरिएको परीक्षणमा अध्यक्ष ओलीलाई संक्रमण पुष्टि भएको हो।

ओलीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ।

सुरुमा एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखिएपछि ओली दम्पतीले शनिबार पीसीआर परीक्षण गराएका थिए।

संक्रमण पुष्टि भएपछि अहिले ओली दम्पती आफ्नो निवास बालकोट, भक्तपुरमा नै आइसोलेसनमा रहेका छन्।

अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएसँगै आज गर्ने भनिएको एमालेको प्रत्रकार सम्मेलनसमेत रोकिएको छ।

ओलीको स्वास्थ्य अवस्थाबारे केहीबेरमा औपचारिक प्रेस वक्तव्यमार्फत जानकारी दिने एमालेले बताएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily