+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेशमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी

4KNationalDaily
२०७८ माघ १२, बुधबार १९:३८ बजे

पोखरा- राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट सत्तारुढ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

राष्ट्रिय सभा सदस्यका तीन रिक्त पदमा भएको निर्वाचनमा एमालेका उम्मेदवारलाई हराउँदै गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का सुरेशबहादुर आले मगर, र भुवनबहादुर सुनार र नेपाली कांग्रेसकी कमला पन्त निर्वाचित भएका हुन् ।

प्रदेश निर्वाचन कार्यालयका अधिकृत श्रीकृष्ण भट्टराईका अनुसार आलेले ३ हजार ०९६, सुनारले ३ हजार ८४ र पन्तले ३ हजार ८४ मतभार पाएका छन् ।

यस्तै पराजित एमालेका पूण्यप्रसाद पौडेलले २ हजार ६९४, अर्जुनकुमार सुनामले २ हजार ७२४ र लीला पोखरेल थनेतले २ हजार ७२४ मतभार पाएका थिए ।

बुधबार बिहान ९ बजेदेखि पोखरास्थित निर्वाचन कार्यालय परिसरमा भएको चुनावमा प्रदेशसभाका ५८ जना र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १६८ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily