+
Search

ताजा अपडेट +

पपुलर +

लमजुङमा भूकम्पको धक्का महसुस

4KNationalDaily
२०७८ माघ १४, शुक्रबार ०९:०७ बजे

लमजङ- लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ।

क्व्होलासोथर गाउँपालिका-१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०:३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

चिसो र रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेका थिए। भूकम्प सानो गएकाले कतिपयले भने थाहा नपाएको बताएका छन्।

जेठ ५ गते आएको भूकम्पले केही व्यक्तिको मृत्यु हुनुका साथै धेरै धनजनको क्षति गरेको थियो। त्यसयता मात्र साना-ठूला गरी १०० भन्दा बढी पटक भूकम्प गएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily