+
Search

ताजा अपडेट +

पपुलर +

सभामुखले भने : एमसीसी बजेट जसरी होहल्लाका बीच पास हुँदैन

4KNationalDaily
२०७८ माघ २०, बिहीबार ०८:२८ बजे

काठमाडौं- सभामुख अग्नि प्रसाद सापकोटाले पछिल्लो राजनीतिक अवस्थाका विषयमा बिभिन्न राजनीतिक दलका नेता, विशेषज्ञ, कानुनविद लगायतसँग छलफल गरिरहेका छन् ।

भेटमा एमसीसी, संसदमा विचाराधीन विधेयक, जारी संसदको अवरोध खुलाउने विषय र संसदसँग जोडिएका विषयमा छलफल हुने गरेको छ । सरकारले एमसीसीलाई अघि बढाउन पहल थालेपछि सभामुख सापकोटा दबावमा छन् ।

तर, सभामुख सापकोटाले एमसीसी बजेट जसरी संसदबाट पास हुँदैन भन्ने गरेका छन् । सभामुखलाई पछिल्लो समय भेटेका एक नेताले उनको भनाइ उद्धृत गर्दै भने, ‘संविधान र कानुनले मेरो भूमिका तय गरेकै छ । एमसीसीका विषयमा सर्वदलीय सर्वपक्षीय रुपमा सहमत भएर आउनुस् न । दलहरु निर्णायक हुँदा मेरो अरु केही भन्नु छैन ।’

एमसीसीको विषयमा सर्वपक्षीय सहमति हुनुपर्नेमा सभामुखको जोड रहँदै आएको छ । होहल्लाका बीच एमसीसी पास गर्ने तयारी भए आफ्नो साथ नरहने सभामुखले प्रष्ट भन्ने गरेका छन् । ‘नाराबाजी भइरहने र एमसीसी पास गर्ने भन्ने हुन्न ।

संसदमा भ्याकुम भएर बजेट पास गरे जस्तो एमसीसी पास हुन्न,’ सभामुखको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily