+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखाकाे उत्तरी क्षेत्रमा भारी हिमपात, स्थानीय खुसी, पर्यटककाे घुइचाे !

4KNationalDaily
२०७८ माघ २१, शुक्रबार १३:५४ बजे

गाेरखा- गाेरखाकाे उत्तरी क्षेत्रमा भारी हिमपात भएकाे छ । जिल्लाकाे अजिरकाेट, सिरानचाेक, बारपाक-सुलिकाेट, धार्चे र चुमनुव्री गाउँपालिकामा भारी हिमपात भएकाे हाे ।

विहिबारदेखि परेकाे निरन्तरकाे हावाहुरीसहितकाे बर्षाले हिउँ परेकाे स्थानीयले बताएका छन् । अजिरकाेटकाे नम्कि, सिरानडाँडा, सिरानचाेककाे अग्ला डाँडाहरूमा हिउँ परेकाे छ ।

साथै, बारपाक, लाप्राक क्षेत्रमा पनि पु:न हिउँ परेकाे हाे । धार्चे र चुमनुव्रीका क्षेत्रमा पुन: हिउँ परेकाे छ । धेरैबर्षपछि यि क्षेत्रमा आज पहिलो पटक हिउँ परेको भन्दै स्थानीयबासीले सामाजिक सञ्जालहरुमा तस्वीर सजाएका छन् ।

अजिरकाेटकाे सिरान डाँडामा हिउँ परेको यो दाेस्राे पटक हो ।  त्यतिबेला सयौं युवायुवतीहरू हिउँ खेल्न सिरानडाँडा गएका थिए । अहिले पनि हिउँ खेल्नेहरूको त्यस क्षेत्रमा चहलपहल बढेकाे छ ।

१९०० मिटर उचाइमा रहेको बारपाकका एघारसय घरधुरी हिउँले ढकमक्क ढाकेको स्थानीय जीतबहादुर घलेले जानकारी दिए । हिउँले बारीमा लगाइएको गहुँ र जौ राम्रो हुने भन्दै स्थानीयबासी खुशी भएका छन् । उत्तरी गाेरखाका माथिल्लाे क्षेत्रमा हिउँपरेपछि जनजिवन समेत कष्टकर बनेकाे छ । तर हिउँ परेपछि स्थानीयहरू अन्नबाली राम्राे हुने भन्दै खुसी भएका छन् ।

धार्चेको ठूलो गाउँ लाप्राकमा पनि हिउँ परेको छ । २७०० मिटर उचाइको गुप्सीबस्तीमा एक महिनादेखि हिउँ जमेपनि तल्लो गाउँमा भने अहिले परेको स्थानीयले बताएका छन् ।

 

धार्चेका वडा नं. १ हुल्चुक, २ को रुञ्चेत, केरौँजा, ३ को उहिया, खोर्ला, वडा नं. ४ को लाप्राक, ५ को सिङ्ला, गुम्दा, यमगाउँ, लप्सीबोट, ६ को काशिगाउँ, यार्सा र वडा नं. ७ को लापुसम्म पनि हिउँ परेको छ । पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात भइरहेको छ । अन्य धेरै स्थानमा वर्षा भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily