+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखाकाे भिरबाट लडेर शिक्षककाे मुत्यु

4KNationalDaily
२०७८ माघ २१, शुक्रबार २०:०२ बजे

प्रतिकारत्मक तस्बिर

गाेरखा- लम्जुङकाे दुधपाेखरी गाउँपालिका-१, कल्लाबारीकाे एक विद्यालयका शिक्षक सुसिल अधिकारीको भिरबाट लडेर मृत्यु भएको छ । अजिरकाेट गाउँपालिका-३, हंसपुर घर भएका शिक्षक अधिकारीकाे विहिबार राती भिरबाट लडेर मुत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

अजिरकाेट गाउँपालिकाकाे केन्द्र भच्चेकबजारमा समान किन्न गएका शिक्षक अधिकारी राती अवेरसम्म नफर्किएपछि उनकाे खाेजविन गरिएकाे थियाे । प्रहरीका अनुसार, स्थानीयले बाटाेमा घटना भएकाे छ जानकारी दिएपछि शुक्रबार भच्चेकबाट गएकाे प्रहरीकाे टाेलीले शिक्षक अधिकारीकाे मुत्यु भएकाे पुष्टि गरेकाे हाे ।

बिचौरमा नै श्रीमती संग बस्दै आएका अधिकारी रातीसम्म पनि डेरामा नपुगे पछि उनका श्रीमतीले आफन्तलाई खबर गरेको र शुक्रबार खोजी गर्ने क्रममा भिरबाट लडेको अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ ।

उनकाे सिस्नेरी भिरबाट लडेर १५० मिटर तल मृत्त शरिर फेला परेको प्रहरीले जनाएकाे छ । शिक्षक अधिकारीको शव अहिले पोष्टमार्टमका लागि गोरखा अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily