काठमाडौं– अभिनेत्री रेखा थापाले जाजरकोटका बलराम शाहीसँग अदालती बिहे गरेकी छिन् । काठमाडौं जिल्ला अदालतमा दुईजनाले कोर्ट म्यारिज गरेका हुन् ।
शाही पेशाले पर्यटन व्यवसायी हुन् । ९ वर्षअघि फिल्म निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेद गरेपछि रेखा सिंगल थिइन् । रेखा र बलरामबीच दुई वर्षको उमेर अन्तर छ । शाहीको उमेर ४० वर्ष हो भने रेखा ३८ वर्षकी भइन् ।
गत माघ ११ गते काठमाडौं जिल्ला अदालतमा रेखा र बलरामबीच कानूनी बिहे भएको हाे । तर, रेखाले चाहिँ बिहेको खबरलाई मिडियासामु गुपचुप राख्दै आएकी थिइन् । उनीहरुबीच बैशाखमा बिहे हुने जनाइएको थियो ।
रेखाको बिहेलाई लिएर असन्तुष्ट आमा सरस्वती चाहिँ केही समयदेखि बिराटनगरमा बस्दै आएकी छिन् । बिहे दर्ता भएपछि मात्र रेखाले आमालाई यसबारे जानकारी दिएकी थिइन् ।
हिम्मत, किस्मत, हिफाजत, अन्दाज, कसले चोर्यो मेरो मन, काली, हिम्मतवाली, दुर्गा जस्ता फिल्ममा केन्द्रिय भूमिकामा अभिनय गरेकी रेखा पछिल्लो समय राजनीतिमा पनि सक्रिय छिन् । हालै उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिएर पराजित समेत भएकी थिइन् ।
प्रतिक्रिया