+
Search

ताजा अपडेट +

पपुलर +

अब एमसीसीमा वार कि पार हुन्छ, गठबन्धन लिएर हिँड्न सक्दैनौँ : गगन थापा

4KNationalDaily
२०७८ फाल्गुन ६, शुक्रबार १६:३५ बजे

काठमाडौँ- प्रमुख सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीकै कारण पाँच दलीय गठबन्धन फुट्ने सक्ने बताएका छन्।

शुक्रबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा थापाले यस्तो बताएका हुन्।

‘हामीबीच कुरा मिलेर, हामी सँगै हिँड्न तयार भएर गठबन्धन बनेको हो। अब हाम्रो कुरा मिल्दैन भने सँगै हिँड्न सक्दैनौँ’, उनले भने।

महामन्त्री थापाले प्रधानमन्त्री छँदा माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, पुष्पकमल दाहालदेखि केपी शर्मा ओलीसम्मले एमसीसी अगाडि बढाएको बताए।

थापाले अब एमसीसीबारे ‘वार कि पार’ हुनैपर्नेमा पनि जोड दिएका छन्। थापाले एमसीसीको भारी कांग्रेसलाई मात्रै बोकाउने प्रयास पाँच दलीय गठबन्धनबाट भएको आरोप पनि लगाएका छन्।

‘एमसीसी संसदमा टेबलसम्म गर्न नदिने हो भने सहकार्यको औचित्य सकिन्छ,’ उनले भने, ‘यसकै कारण गठबन्धन फुट्न सक्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily