+
Search

ताजा अपडेट +

पपुलर +

एकीकृत समाजवादीको निष्कर्ष : संसद अवरोध हटे एमसीसी टेबल गर्न दिने

4KNationalDaily
२०७८ फाल्गुन ७, शनिबार १५:५० बजे

काठमाडौं– सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई संसद्‌मा टेबल गर्न नरोक्ने भएको छ।

स्थायी कमिटी बैठकले एमसीसी संसद्‌मा टेबल गर्न दिने निर्णय गरेको स्थायी कमिटी सदस्य एवम् सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन्।

एमसीसीसँगको सहायता सम्झौता संसद्‌मा टेबुल गरी पारित गर्ने सन्दर्भमा गठबन्धनमा एकीकृत समाजवादी नेकपा (माओवादी केन्द्र)कै लाइनमा थियो।

माओवादीले यथास्थितिमा (संशोधन नगरी) एमसीसीका सन्दर्भमा संसदीय प्रक्रिया अगाडि बढाउन नसकिने बताउँदै आएको छ । तर, समाजवादी भने आफ्नो अडानबाट ‘पछि हटेर’ टेबुल गर्न तयार भएको हो।

यद्यपि समाजवादी निकट विद्यार्थी संगठन अनेरास्वियु लगायतका संगठनहरु भने एमसीसी सम्झौताको विरुद्धमा सडक आन्दोलनमा उत्रिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily