काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार रातिको खेलमा लिभरपुल विजयी भएको छ। लिभरपुलले ३–१ गोलअन्तरले नर्विच सिटीलाई सहजै हराएको हो।
घरेलु मैदानमा भएको प्रतिस्पर्धामा सुरुमा नर्विच सिटीले एक गोलको अग्रता लिएको थियो।
तर पछि यसलाई उल्ट्याउँदै लिभरपुलले जितेको हो। जितसँगै लिभरपुलले २५ खेलबाट ५७ अंक बनाएको छ र अंक तालिकाको दोस्रो स्थानमा छ।
पराजित नर्विच भने १७ अंक जोडेर १९औं स्थानमा छ।
प्रतिक्रिया