+
Search

ताजा अपडेट +

पपुलर +

सांसदहरुसँग ओलीको टिप्पणी- एमसीसी संसदबाट पास गर्न होइन सडकमा आगो बाल्न ल्याएका हुन्

4KNationalDaily
२०७८ फाल्गुन ८, आईतवार १९:२४ बजे

काठमाडौं– प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्‍मा समयमै नल्याउँदा अहिलेको अवस्था बनेको र देश विदेशी शक्तिहरूको क्रिडास्थल भएको बताएका छन् ।

सरकारले संसदमा आइतबार एमसीसी टेबल गरेपछि नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा पार्टीका करिब ३ दर्जन सांसदहरुसँगको छलफलका क्रममा उनले समयमै संसदमा नल्याउँदा समस्या भएको बताएका हुन् ।

ढिला गरेका कारण अमेरिका र चीन बोल्नु पर्ने अवस्था बनेको उनको भनाइ थियो । छलफलमा सहभागी एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अध्यक्ष ओलीलाई उदृत गर्दै भने, ‘ पहिला नै निर्णय गरेको भए अहिलेको अवस्था आउने थिएन।’

भट्टराईका  अनुसार पछिल्लो परिस्थितबारे सांसदहरुले ओलीलाई जानकारी गराएका थिए । ओलीले संसद अवरोध निरन्तर रहने बताएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily