+
Search

ताजा अपडेट +

पपुलर +

एमसीसीबारे चीनले भन्योः उपहार कहिलेदेखि ‘अल्टिमेटम’का साथ दिन थालियो?

4KNationalDaily
२०७८ फाल्गुन ११, बुधबार १९:५० बजे

काठमाडौँ- चिनियाँ विदेश मन्त्रालयले नेपाल र अमेरिकाबीच भएको एमसीसी सम्झौताबारे फेरि टिप्पणी गरेको छ। मन्त्रालयलकी प्रवक्ता हुआ छुनयिङले अमेरिकाले एमसीसी अनुमोदन गर्न नेपाललाई दिएको समयसीमाप्रति व्यंग्य गरिन्।

‘अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले नेपालले एमसीसी अनुमोदन गर्न नसके त्यसले द्विपक्षीय सम्बन्धलाई असर गर्ने बताएको मैले सुनेँ। नेपालस्थित अमेरिकी दूतावासले ५० करोड डलरको एमसीसी अनुदानलाई ‘नेपालीलाई अमेरिकी जनताको उपहार’ भनेको छ,’ हुवाले बुधबारको नियमित पत्रकार सम्मेलनमा भनिन्, ‘उपहार कहिलेदेखि अल्टिमेटमसहित आउन थाल्यो? त्यस्तो ‘उपहार’ कसैले कसरी स्वीकार गर्न सक्छ? यो ‘उपहार’ हो कि प्यान्डोराको बाकस?’

नेपालका लागि सो उपहार स्वीकार गर्न कठिन साबित हुने उनको भनाइ थियो।

चाइना न्युज सर्भिसले सोधेको नेपालसम्बन्धी प्रश्नमा उनले अन्तर्राष्ट्रिय सहकार्य आपसी सम्मान र समानताको आधारमा हुनुपर्ने चीनको मत रहेको पनि बताइन्।

‘सम्बन्धित मुलुकको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान हुनुपर्छ। सो मुलुकको आन्तरिक मामिलामा कुनै हस्तक्षेप हुनुहुँदैन, कुनै राजनीति अंकुश गाँसिनु हुँदैन। जुलुम कूटनीति गरिनुहुँदैन,’ प्रवक्ता हुआले भनिन्।

यसअघि पनि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नेपालमाथि अमेरिकाले जबर्जस्ती गरिरहेको आरोप लगाएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily