काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।
एमसीसी सम्झौता संसद्बाट पारित गर्ने विषयमा छलफल गर्न उनी बालुवाटार पुगेको बताइएको छ ।
आफ्नै पार्टीमा एमसीसीका विषयमा विभाजन रहेको समयमा उनी प्रधानमन्त्री देउवालाई भेट्न पुगेका हुन् । भट्टराई पक्ष एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने अर्का अध्यक्ष उपेन्द्र यादव विपक्षमा छन् ।
एमसीसीको विषयले सत्ता गठबन्धन फुटको संहारमा रहेको बेला भट्टराईको भेटलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
नेकपा एमाले, कांग्रेस, लोसपा र जसपाको बाबुराम पक्षको समर्थनमा अर्को गठबन्धन बनाउनेतर्फ संवाद अघि बढेको भट्टराई निकट स्रोतले जनाएको छ ।
यद्यपी घटनाक्रमहरु अझै प्रष्ट नभएकाले भावी गठबन्धनको स्वरुप बनि नसकेको स्रोतको दावी छ । जसपामा पछिल्लो समय बाबुराम र उपेन्द्र पक्षबीच लगभग संवादहीनता छ । बाबुराम पक्षले वहुमत कार्यकारिणी सदस्य र सांसहरुको हस्ताक्षर संकलन गरिरहेको छ ।
प्रधानमन्त्रीसँग्को वार्तामा कृषिमन्त्री महिन्द्र राय यादव र जसपा नेता इस्यिाक राई पनि सहभागी छन् ।
प्रतिक्रिया