+
Search

ताजा अपडेट +

पपुलर +

पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति

4KNationalDaily
२०७८ फाल्गुन २२, आईतवार १७:३९ बजे

काठमाडौं- नाबालिग गायिकामाथि जबरजस्ति करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।

यसअघि उनलाई सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि समय मागेको थियो ।

शाहलाई म्याद थपका लागि आज जिल्ला अदालत लगिएको थियो । भोली (साेमबार)बाट अदालतमा उनको बयान सुरु हुने बताइएको छ ।

शाहले गत फागुन १५ गते तनहुँ प्रहरीमा गिरफ्तारी दिएका थिए । नाबालिग गायिकाले आफूमाथि शाहले विभिन्न स्थानमा पटक–पटक करणी गरेको भन्दै जाहेरी दिएकी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily