+
Search

ताजा अपडेट +

पपुलर +

यी रहेछन् अभिनेत्री पूजा शर्माका प्रेमी, विवाहको चर्चा

4KNationalDaily
२०७८ फाल्गुन २३, सोमबार १७:५८ बजे

काठमाडौं- अभिनेत्री पूजा शर्माले आफ्ना प्रेमी सार्वजनिक गरेकी छन्। सामाजिक सञ्जालमार्फत युद्ध बानियाँसँगको तस्बिर सेयर गर्दै उनले आफ्नो प्रेम सम्बन्ध खुलाएकी हुन्।

करिब एक वर्षदेखि पूजा युद्धसँग प्रेम सम्बन्धमा रहेको जानकारहरू बताउँछन्। उनीहरूले अब विवाह पनि गर्ने योजना बनाएको निकट स्रोतले जानकारी दिएको छ।

हेटौंडाका युद्ध बानियाँ निर्माण व्यवसायी हुन्। फिटनेसमा रुचि राख्ने बानियाँ कहिले काहीँ मोडलिङमा पनि देखिन्छन्।

युद्धभन्दा अघि नायक आकाश श्रेष्ठसँग नजिक थिइन् पुजा । पुजा युद्धसित लहसिन थालेपछि आकाशसँग उनको सम्वन्ध चिसियो । कुनै समयको निकै चर्चित यो जोडीका रुपमा रहेका उनीहरु आजकाल एक–अर्कासँग तर्किएर हिँड्छन् । आकाशभन्दा अगाडि पुजाको प्रेम सुदर्शन थापासँग थियो । सुदर्शनले हालै अर्की युवतीसँग विवाह गरेका छन् ।

तस्वीर सेयर गर्ने क्रममा पुजाले ‘यु आर द वान’ भन्दै युद्धलाई प्रेमीका रुपमा चिनाएकी छन् । केही दिनअगाडि पनि उनले आफूलाई कठिन समयमा साथ दिएको भन्दै युद्धप्रति आभार व्यक्त गरेकी थिइन् ।

यतिबेला पल शाह प्रकरणलाई लिएर पुजा तीव्र विवादमा मुछिएकी छन् । पल शाहको बचाउमा खुलेआम अभिव्यक्ति दिने काम गरेपछि उनलाई केही नायिकाहरुले आफ्नो फ्रेन्ड लिस्टबाटै हटाएको चर्चासमेत छ ।

यस्तो बेला युद्धले पनि पुजालाई बलियो साथ दिइरहेका छन् । उनी हेटौडामा म यस्तो गीत गाउँछु को प्रदर्शन हुँदा पुजासँग त्यहीँ पुगेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily