+
Search

ताजा अपडेट +

पपुलर +

नारी दिवसमा नबिल बैंकले ल्यायो ‘नबिल एफडी कार्ड’ योजना

4KNationalDaily
२०७८ फाल्गुन २४, मंगलवार १५:४७ बजे

काठमाडौँ- नबिल बैंकले क्रेडिट कार्डअन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड) योजना सुरु गरेको छ।

यसअन्तर्गत बैंकका मुद्दती निक्षेप (फिक्सड् डिपोजिट) ग्राहकहरुलाई क्रेडिट कार्ड सुविधा प्रदान हुने बैंकले जनाएको छ।

नबिल एफडी कार्ड नबिल बैंकमा मुद्दती निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका तर नियमित आम्दानी नह्ने गृहिणी, अवकाश प्राप्त व्यक्ति र विश्वविद्यालयका विद्यार्थीलाई वित्तीय सेवा प्रदान गर्नका लागि सुरु गरिएको हो।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकले मार्च २०२२ मा कार्डका लागि आवेदन (अप्लाई) गर्ने ग्राहकहरुका लागि निःशुल्क नबिल एफडी कार्ड प्रदान गर्दै छ।

प्रयोगकर्ताले यो कार्ड पीओएस वा एटीएममा आफ्नो सहजताअनुसार प्रयोग गर्न सक्नेछन्। यसका साथै समान मासिक किस्तामा साइकल, गहना, मोबाइल फोन र ल्यापटप जस्ता वस्तुहरु खरिद गर्नका लागि समेत कार्डको प्रयोग गर्न सकिनेछ।

नबिल एफडी कार्ड योजनाले मुद्दती निक्षेप खातावाल÷ग्राहकहरुलाई आफ्ना नजिकका परिवारका सदस्यहरुका लागि समेत एकभन्दा बढी क्रेडिट कार्ड प्राप्त गर्न मिल्ने विकल्प÷सुविधा प्रदान गरेको छ।

योजनाअन्तर्गत २ लाख रुपैयाँ प्रतिकार्ड सीमा तोकिएको र मुद्दती निक्षेपको ८० प्रतिशतसम्म कार्ड सीमा प्राप्त गर्न सकिनेछ।

यो मुद्दती निक्षेप (फिक्सड डिपोजिट) र क्रेडिट कार्डको अद्भुत विशेषतासहितको सुविधा रहेको र यसमा ग्राहकले आफूले चाहेको वस्तुको मजा लिँदै मुद्दती निक्षेपमा ११.०३ प्रतिशतका दरले लोभ लाग्दो ब्याज समेत आर्जन गर्न सक्नेछन्।

यस्ता किसिमको योजनाले ग्राहकलाई अझ राम्रो वित्तीय निर्णय लिन सक्षम बनाउनेछ भन्ने नबिल बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily