+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीले निर्माण व्यवसायीलाई भने- एमसीसीको ठेक्का लिने हिम्मत गर्नुस्

4KNationalDaily
२०७८ फाल्गुन २७, शुक्रबार १५:११ बजे

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउबाले एमसीसीका परियोजनाहरु निर्माणका लागि एमसीए-नेपालले गर्ने ग्लोबल टेन्डरमा भाग लिन नेपाली निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको २३औं वार्षिक साधारणसभा काठमाडौंमा उद्घाटन गर्दै देउवाले ग्लोबल टेन्डरमा भाग लिने हिम्मत गर्न व्यवसायीलाई आग्रह गरेका हुन् ।

उनले एमसीसीको टेन्डरबाट नेपाली कम्पनी छानिएमा आफू खुसी हुने बताए । ‘एमसीसीको टेन्डरमा सफल हुनुस्,’ उनले भने, त्यसो भए सबैभन्दा बढी खुसी म नै हुनेछु ।’

अमेरिकाको कानुनका कारण अन्तर्राष्ट्रिय बोलपत्र गर्नुपर्ने भन्दै जुनसुकै देशका कम्पनी पनि एमसीसीको परियोजना निर्माणका लागि आउन सक्ने उनले बताए ।

‘चीनकै पनि कम्पनी आउन सक्छन्, भारतको पनि आउनसक्छन्,’ नेपालकौ वा अरु देशका कम्पनीले पनि प्रतिस्पर्धा गर्न सक्छन् ।’

एसमीसीको ५० करोड डलर सहयोगअन्तरगत ३१५ किलोमिटर प्रसारणलाइन र ७७ किलोमिटर सडक विस्तारको काम हुँदैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily