+
Search

ताजा अपडेट +

पपुलर +

अहिलेको सरकार बालुवाको मुला हो, तान्दा पुक्लुक्क आउँछः केपी ओली

4KNationalDaily
२०७८ फाल्गुन २८, शनिबार १८:१७ बजे

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन्।

शनिवार नेपाल निजामती कर्मचारी संगठनको ११औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै ओलीले अहिलेको सरकार जरा बिनाको मुला भएको बताएका हुन्।

उनले सानो मुलाको पनि सानो जरा हुने उल्लेख गर्दै अहिलेको सरकार मात्र पाँच जनाको परमादेशले बनेको सरकार भएको र यसलाई उखेल्ने दिन कुरिरहेको बताए। उनले सरकारलाई उखेल्न लाग्दा भागिरहेको उल्लेख गर्दै आगामी निर्वाचनबाट पूर्ण रूपमा उखेलिने बताए।

ओलीले आफ्नो कार्यकालमा नेपाली कांग्रेसका नेताहरूले कर्मचारीहरूलाई सरकारलाई सहयोग नगर्न दबाव दिएको दाबी गर्दै उनीहरूको सोच अलोकतान्त्रिक सोच भएको जिकिर गरेका थिए।

उनले निजामती कर्मचारीहरूले पूर्ण रूपमा सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकार ठिक बेठिक छुट्याएर नबस्न् आग्रह गर्दै ओलीले सरकार ठिक बनाउन राजनीीतक पार्टीहरू भएको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily